इटहरीः मिलन श्रेष्ठ को संयोजन मा नेपाल तरुण दल सुन्दरहरँैचा कार्यसमितिले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कोरोनाको महामारी र निषेधाज्ञाको कारणले विभिन्न स्वास्थ्य सँस्था मा रगतको अभाब भइरहेको समाचार आइरहँदा सामाजिक उत्तरदायित्वअन्तर्गत आफूहरुले बृहत रक्तदान कार्यक्रम गरेको नेपाल तरुण दलका नेता मिलन श्रेष्ठले बताए । सो रक्तदान कार्यक्रममा एक सय ५८ पिन्ट रंगत संकलन भएको श्रेष्ठले बताए । कार्यक्रममा बोल्दै श्रेष्ठले जनताका हरेक सुख–दुःखमा तरुण दलले साथ दिने र जनताको हरेक पीडामा तरुण दल हरदम रहने बताए । सुन्दरहरैँचा नगरपालिकाको गछिया खेल मैदानमा भएको उक्त रक्तदान कार्यक्रममा डाक्टर देवराज घिमिरेबाट कोरोनासम्बन्धी जनचेतना फैलाइनुका साथै मास्क, स्यानिटाइजरजस्ता स्वास्थ्य सामग्री पनि वितरण गरिएको थियो ।
नेपालमा लकडाउन भएसँगै नेपाल तरुण दल सुन्दरहरँैचा नगर कार्यसमितिले पछिल्लो एक महिनादेखि राहत वितरण, संक्रमित व्यक्तिको घरघरमा स्यानिटाइजर छर्कने तथा मास्क वितरण गर्नुका साथै चिकित्सक सहितको टोलीले जनचेतना फैलाउने काम गर्दै आएको तरुण नेता कुन्दन ढुंगानाले बताए ।