इटहरीः झापा कचनकवल गाउँपालिका ६ मा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा ४० वर्षीय डोलु आलम मिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न गएकोमा कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागी मिया गम्भीर घाइते भएका थिए । उनलाई उपचारार्थ अस्पतालतर्फ लाने क्रममा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।