इटहरीः प्रदेश १ मा आज ८ सय ५१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
सुनसरीमा १ सय ९७, झापामा ३ सय ३९, मोरङमा २ सय ५६, उदयपुरमा २७, इलाममा ६, पाँचथर, धनकुटा र भोजपुरमा ४–४, संखुवासभामा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ११ जना थपिएका हुन् । सुनसरीको इटहरीमा ७०, धरानमा ५०, इनरुवामा ४६, बराहक्षेत्रमा १०, देवानगञ्जमा ७, दुहवीमा ६, रामधुनी, बर्जु र स्थानीय तह नखुलेका २–२, गढी र भोक्राहानरसिंहमा १–१. जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको मेचिनगरमा एक सय ५, विर्तामोडमा ५६, शिवसताक्षीमा ३८, कनकाईमा २७, अर्जुनधारामा २५, गौरीगञ्जमा १९, हल्दिबारीमा १७, दमक र भद्रपुरमा १४–१४, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ५, बा¥हदशीमा ४, झापा गाउँपालिकामा ३, गौरादह र स्थानीय तह नखुलेका २–२ जनामा सङ्क्रमण देखिएको छ । मोरङको विराटनगरमा १ सय ४७, सुन्दरहरैचामा ३५, रतुवामाईमा १९, उर्लाबारीमा १२, बुढीगंगामा ११, बेलबारीमा ८, कटहरीमा ५, धनपालथानमा ४, मिक्लाजुङ, रंगेली र जहदामा ३–३, पथरीशनिश्चरे र सुनवर्षीमा २–२, कानेपोखरी, ग्रामथान र लेटाङमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उदयपुरको त्रियुगामा २५, चौदण्डीगढी र उदयपुरगढीमा १–१, इलामको चुलाचुलीमा २, इलामनगरपालिका, सुर्योदय, देउमाई र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३ र स्थानीय तह नखुलेका १, धनकुटाको छथरमा २, पाख्रिवास र चौवीसेमा १–१, भोजपुरको अरुण, षडानन्द, भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ११ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६१ हजार ७५ पुगेको छ । ती मध्ये १९ हजार ७ सय २८ सक्रिय सङ्क्रमित हुन् । यसैगरी,प्रदेश १ मा ८ सय ५१ जना कोरोना सङ्क्रमित थपिदा ९ सय ९३ जना सङ्क्रमणमुक्त भएका छन् । शुक्रबार सङ्क्रमणमुक्त हुनेमा ४ सय १ महिला र ५ सय ९२ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४० हजार ४ सय पुगेको छ ।