इटहरीः प्रदेश १ मा आज सात सय ६४ जना सङ्क्रमित थपिएका छन् ।
सुनसरीमा तीन सय एक, मोरङमा दुई सय दुई, झापामा एक सय २२, पाँचथरमा ७०, खोटाङमा १६, इलाममा १०, सङ्खुवासभामा ६, धनकुटामा पाँच, उदयपुरमा दुई, तेह्रथुम र भोजपुरमा एक–एक र प्रदेश १ बाहिरका २८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा एक सय ३६, धरानमा ९०, बराहक्षेत्रमा ३३, दुहवीमा ११, इनरुवामा आठ, गढीमा पाँच, बर्जुमा चार, रामधुनीमा तीन, देवानगञ्ज र भोक्राहानरसिंहमा दुई–दुई, कोशीगाउँपालिका र हरिनगरमा एक–एक, स्थानीयतह नखुलेका पाँच जनामा कोरोना देखिएको छ ।
यस्तै मोरङको विराटनगरमा एक सय ५३, बूढीगङ्गामा नौ, उर्लाबारीमा आठ, जहदामा सात, लेटाङ, सुन्दरहरैँचा, पथरीशनिश्चरे, ग्रामथान र स्थानीयतह नखुलेका तीन–तीन, केराबारी, धनपालथान, कटहरी र रङ्गेलीमा दुई, मिक्लाजुङ र बेलबारीमा एक जनामा कोरोना पुष्टि भएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६० हजार दुई सय २४ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार आठ सय ८० पुगेको छ । यसैगरी आज प्रदेशभर नौ सय ८२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा चार सय ३७ महिला र पाँच सय ४५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी मोरङबाट चार सय ५० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३९ हजार चार सय ११ पुगेको छ ।