धरानः आक्रामक रुपले फैलिरहेको कोरोना महामारीको नियन्त्रण गर्ने उद्देश्यले धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले फाइन केयर थ्री प्लस नामक मेसिन हस्तान्तरण गरेको छ ।

यस मेसिनबाट कोभिड परीक्षणका अतिरिक्त कोभिड भएका बिरामीको डी डिमर, सीआरपी, पीसीटी, आईएल सीक्सलगायत अन्य चेकजाँच गर्नुका साथै कोभिड ठीक भएर घर फर्किएका बिरामीमा पनि पूर्ण रुपले ठीक भए नभएको समेत पत्ता लाग्ने जनाइएको छ । यस मेसिनको मूल्य करिब आठदेखि नौ लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ । यो मेसिन हालसम्म काठमाडौँस्थित गंगालाल अस्पताल, विराटनगरस्थित कोसी अस्पताल र अब धरानको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र रहेको समेत जनाइएको छ । यी तीनै स्थानमा बीएसआर बायोटेक लैनचौर काठमाडौँको सहयोगमा लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले हस्तान्तरण गरेको हो । बीएसआर बायोटेकका डाइरेक्टर दीपेश भण्डारीले महामारीको समयमा देशका विभिन्न ठाउँमा यो मेसिन पु¥याउन सके कोभिड उपचारमा धेरै सहज हुने भन्दै लायन्समार्फत् निःशुल्क सहयोग गरिरहेको बताए ।

195470737_314665493526038_5658178786704907293_n

आगामी दिनहरुमा पनि यस्ता मेशिन र सहयोग देशका विभिन्न स्थानमा पु¥याउन लायन्स क्लब दिनरात प्रयासरत रहेको लायन्सका जीएटी एरिया लिडर लायन खगेन्द्र सिटौलाले बताए । यस अभियानमा लायन्सका पूर्व डिस्ट्रिक्ट गभर्नर लायन अनन्त प्रसाद भेटवाल, जीएटी एरिया लिडर लायन खगेन्द्र सिटौला, डिस्ट्रिक्ट गभर्नर लायन टंकबहादुर श्रेष्ठ लगायतको महत्वपू्र्ण भूमिका रहेको र लायन्स डिस्ट्रिक्ट ३२५ ए १ नेपालले पहिलो लकडाउनदेखि नै काठमाडौँ र विराटनगरमा आइसोलेसन सेन्टरको स्थापना गर्ने तथा अक्सिजन थेरापी सेन्टर सञ्चालन गर्नेजस्ता कार्यहरु गर्दै आएको डिस्ट्रिक्ट गभर्नर इलेक्ट लायन रेवतबहादुर कार्कीले बताए ।

195759683_1265108787224490_1939139266343444107_n

प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले लायन्सद्वारा हस्तान्तरण गरिएको मेसिन ग्रहण गर्दै यस विषम परिस्थितिमा अतिउपयोगी र आवश्यक मेसिन उपकरण प्रतिष्ठानलाई हस्तान्तरण गरेर ठूलो सहयोग गरेको भन्दै लायन्सको कार्यको उच्च प्रशंसा गर्दै धन्यवाद पत्रसमेत प्रदान गरे । लायन्सका पूर्व डिस्ट्रिक्ट गभर्नर लायन अनन्तप्रसाद भेटवालको संयोजनमा लायन लिडर धीरज गुरुङद्वारा सञ्चालित मेसिन उपकरण हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाल, अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह, कोभिड चीफ प्रा.डा. ज्ञानेन्द्र मल्ल, स्त्रीरोग विभाग प्रमुख डा. रोहित रिजाल(पप्पु), माइक्रोबायोलोजी प्रमुख डा. नारायण भट्टराई, सेकेण्ड भाइस गभर्नर इलेक्ट लायन नरनाथ सापकोटा, लायन लिडरहरु लायन विपिन सुब्बा, लायन टंककुमारी गुरुङ, लायन कबीर भगत प्रधानांग, लायन सुजेन्द्र गोले तामाङ, लायन कमला लिम्बू लायन शुभव अग्रवाल लगायतको समेत उपस्थिति रहेको थियो ।