अष्ट्रेलियाको अर्थतन्त्र महामारीका वावजुद लगातार वृद्धि भइरहेको छ र कोभिड अगाडिको भन्दा ठूलो आकारमा पुगेको बताइएको छ ।

आधिकारिक तथ्यांकका अनुसार कूल घरेलु उत्पादन वर्षको पहिलो चौमासमा १.८ प्रतिशतले वृद्धि भएको हो । त्यहाँ अहिले विश्वव्यापी सरसामानहरुको माग बढ्दै गएको छ भने यता उपभोक्ता र व्यवसायहरुको खर्चमा पनि निकै वृद्धि देखिएको छ । गत वर्ष लकडाउनका कारण अष्ट्रेलिया, तीस वर्षमा पहिलोपटक आर्थिक मन्दिमा परेको थियो । तर यसको विपरित अहिले त्यहाँ घरेलु खपत , व्यवसायहरुको लगानी अनि उच्च मूल्यमा फलाम र ग्यासको निर्यात जारी रहनुले अर्थतन्त्रलाई ठूलो मद्दत पुगेको अष्ट्रेलियन तथ्यांक ब्यूरोले जनाएको छ ।

यसमा देशले छोटो समयमा कोरोनालाई नियन्त्रणमा लिन सक्नु नै यो सफलताको कारण भएको बताइएको छ । देशको अर्थतन्त्र पुनःनिर्माण गर्न सरकारले लगातार चालेका कदमहरुमा हिजो मात्र अष्ट्रेलियाको केन्द्रिय बैंकले ब्याजदर न्युन पारेको हो । तर अर्कोतर्फ अष्ट्रेलियाले खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्नुले भने देशमा फेरि जोखिमपूर्ण अवस्था निम्त्याउने सम्भावना पनि प्रबल छ । यो समस्यालाई हालै सबैभन्दा ठूलो शहर मेल्बर्नमा फेला परेका नयाँ संक्रमितहरुको घटनाले थप केन्द्रमा पारेको छ । त्यसैले अवस्था अझैपनि अनिश्चित रहेको हुँदा सतर्कता अपनाइरहन जरुरी रहेको बताइएको छ । -बीबीसीबाट