इटहरीः प्रदेश १ मा आज सात सय १८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सुनसरीमा ४५, मोरङमा तीन सय दुई, झापामा दुई सय ९३, इलाममा २७, सोलुखुम्बुमा १३, धनकुटामा सात, उदयपुरमा चार, खोटाङमा तीन, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा र भोजपुरमा एक–एक र प्रदेश १ बाहिरका २० जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५९ हजार चार सय ६० पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार एक सय पाँच पुगेको छ ।

प्रदेश १ मा आज एक हजार ४२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सङ्क्रमणमुक्त हुनेमा चार सय ४१ महिला र ६ सय एक पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३८ हजार चार सय ३० पुगेको छ ।