इटहरीः चोटग्रस्त अवस्थामा बेवारिसे एक ज्येष्ठ नागरिक पुरुषलाई सुनसरीको बराहक्षेत्र ६ मुनाल चौकबाट उद्धार गरिएको छ ।

८९ वर्ष उमेरका तेजप्रसाद पौडेल नाम गरेका पुरुषलाई बराहक्षेत्र नगरपालिका, ओरेक तथा क्विक रेस्पोन्स सेन्टर बराहक्षेत्र नगर कमिटीले उद्धार गरी इटहरीस्थित माया घर पठाएको छ । शारीरिक एवम् मानसिक रूपमा अशक्त रहेका पुरुष लकडाउनका कारण केही दिनदेखि मुनाल चौकमा बेवारिसे अवस्थामा सडकमै बस्दै आएका थिए । उनलाई स्थानीयले खाना खुवाउँदै आएका थिए । अनुहार र शरीरका विभिन्न स्थानमा चोट पटक लगेको अवस्थामा देखेपछि उनको उद्धार गरी माया घर पठाइएको ओरेक सुनसरी प्रतिनिधि विमला घिमिरेले जानकारी दिइन् ।

Uadar (3)

कोरोना भाइरसको महामारी नियन्त्रणको लागि जारी गरिएको लकडाउनको समयमा ज्येष्ठ नागरिकको उद्धार गरी मानवीय जिम्मेवारी पूरा गरेको घिमिरेले बताइन् । ती पुरुषको शरीरका विभिन्न स्थानमा लागेको चोटको उपचारसमेत गरी माया घर पठाइएको हो । बराहक्षेत्र नगरमा लकडाउनका कारण अलपत्र परेकाहरूको उद्धार र सहयोगमा नगरपालिका, ओरेक र क्विक रेस्पोन्स सेन्टर सदैव तयार रहेको घिमिरेको भनाइ छ ।

Uadar (2) Uadar (4)