इटहरीः ताप्लेजुङको काबेली खोलामा एक युवकको शव फेला परेको छ ।
मृत फेला पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेका १९ वर्षीय दिनेश चौहान रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । कार्यालयका अनुसार मङ्गलबार पौडी खेल्ने क्रममा सिरिजङ्घा–२ आम्बेगुदिन र सिदिङ्वा–६ मेहेले जोड्ने काबेली खोलास्थित निर्माणाधीन पुल नजिकबाट बेपत्ता भएका दिनेशको आज बिहान करिब ७ः०० बजे शव फेला परेको हो । स्थानीयको सूचनाका आधारमा परिचालित प्रहरीले शव फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायबउपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।