इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित ज्येष्ट नागरिक पुरुषको ज्यान गएको छ ।
मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका ४ घर भएका ६२ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार गत जेठ ४ गते कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि १२ गते उपचारार्थ कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको हिजो राति ९ः०० बजे ज्यान गएको सहप्रवक्ता पोख्रेलले बताए । मृतक पुरुषमा कुनै पनि दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ ।