इटहरीः खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परी चालकको घटनास्थमै ज्यान गएको छ ।
मृत्यु हुनेमा ना ६ त १९१० नम्बरको ट्र्याक्टरका चालक २० वर्षीय रोसन राउत रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार धितुङबाट सुनकोसीतर्फ जाने क्रममा ट्र्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । अनियन्त्रित भई ट्र्याक्टर पल्टिएपछि सोही ट्र्याक्टरले किचेर राउतको ज्यान गएको बताउँदै प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको जनाएको छ ।