इटहरीः सुनसरीको कोशी गाउँपालिका ३ स्थित नहर चौकबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहार का २८ वर्षीय मजरुल हक रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाका अनुसार सोमबार बेलुका साढे ३ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले डाईलक्स डिसि थान–५०२. नाईट्रोसन २०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २८८ ट्याब्लेटसहित अभियुक्त हकलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाउनका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।