वासिङटनः स्टार वार्सका फ्यानहरुका लागि भनेर उत्साहजनक खबर सार्वजनिक भएको छ । अमेरिकाको टेक्ससमा अहिले डार्थ भेडरको थिममा निर्माण गरिएको घर बिक्रीका लागि राखिएको छ । तर, फ्यानहरुले यो सपनाको घर प्राप्त गर्न त्यही अनुसारले शुल्क तिर्न तयार हुनेपर्नेछ ।
‘द डार्थ भेडर हाउस’ नाम दिइएको त्यो ७ हजार वर्ग फुटमा अवस्थित घरको मूल्य हाल ४३ लाख डलर तोकिएको छ ।
यसको बाहिरी स्वरुप स्टार वार्सको चर्चित खलपात्र डार्थ भेडरको हेल्मेट जस्तो रहेको छ । सो घर १९९२ मा निर्माण भएको थियो जसमा चारवटा बेडरुम, पाँच बाथरुम र चारवटा गाडी अट्ने गराज पनि रहेको छ । -सीएनएनबाट