इटहरीः प्रदेश १ मा आज ६ सय ९७ जना कोराना सङ्क्रमित थपिएका छन् ।
आज थपिनेमा सुनसरीका एक सय ६३, मोरङका दुई सय ५०, झापाका एक सय ८०, तेहथुमका २५, खोटाङका २३, धनकुटाका २१, उदयपुरका सात, इलामका ६, भोजपुरका तनि, पाँचथर र सङ्खुवासभाका एक–एक जना र प्रदेश १ बाहिरका १७ जना रहेका छन् । यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५८ हजार ७९ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ६ सय २२ पुगेको छ ।
यसैगरी, प्रदेश १ मा आज नौ सय ९३ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयले पछिल्लो २४ घण्टामा चार सय ४५ महिला र पाँच सय ४८ पुरुष सङ्क्रमणबाट मुक्त भएको जनाएको छ । यससँगै प्रदेशमा हालसम्म ३६ हजार पाँच सय ६४ जना सङ्क्रमणमुक्त भएका छन् ।