इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना महामारीका कारण केही दिनअघि स्थगित गरेको खोप सेवा आजबाट सुचारु गरेको छ ।

नगर क्षेत्रका स्वास्थ्य सँस्थाहरुबाट खोप वितरण सुचारु भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए । नेपाल सरकारले बालबालिकाई विभिन्न संक्रामक रोगविरुद्ध प्रतिरक्षा प्रणाली विकास गर्ने उद्देश्यले बालबालिकालाई निःशुल्क खोप वितरण गर्दैै आएको छ ।

khop sucharu.