इटहरीः झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित धाइजन चौकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय भिमल बस्नेत र २९ वर्षीय विशाल बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार इलाका प्रहरी कार्यालय बुद्धशान्तिको टोलीद्वारा शनिबार साँझ ५ः४५ बजे पक्राउ परेका अभियुक्तद्वयका साथबाट दुई ग्राम चार सय मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ ।
पक्राउ परेका दुवै अभियुक्तहरुलाई जिल्ला अदालत झापाको आदेश अनुसार हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाउन अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।