इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रभित्र बैँक तथा वित्तीय सँस्था थप एक साताका लागि बन्द गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीका अनुसार उपमहानगरभित्रका सबै बैँक तथा वित्तीय सँस्था आजदेखि जेठ २२ गतेसम्म बन्द रहनेछ । अत्यावश्यक काम परेको अवस्थामा सम्बन्धित बैँकसँग सम्पर्क गर्न उपमहानगरपालिकाले सुझाव दिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको दोस्रो लहरका कारण नगर क्षेत्रमा संक्रमण तिव्र भएकाले सोको नियन्त्रणका लागि बैँक तथा वित्तीय सँस्था बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।