इटहरीः कोराना कहरबाट सिर्जना भएको अफटयारो परिस्थितिलाई समेटेर तयार पारिएको गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ” सार्वजनिक भएको छ ।
रोगको कारणबाट अप्ठ्यारो अवस्थामा भएका मानिसको पीर र व्यथालाई गीतमा समेटिएको छ । सार्वजनिक गीतमा गायक पदम राई, ज्ञानु ज्ञान्मी, सुष्मा लिम्बू र संगीता रणपहेलीको स्वर रहेको छ । प्यारो देश नेपाल अनि सम्पूर्ण विश्व यतिखेर कोरोना महामारीसँग लडिरहेको अवस्थामा यस्तो दुःखद परिवेशलाई नजिकबाट नियाल्दा मनभित्र उठेका भावना समेटेर गीत लेखेको गीतकार बस्नेतले बताइन् ।
गीतमा धनु गयामीको संगीत एवम एरेन्ज रहेको छ । सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादन र सरोज प्याकुरेलको निर्देशन भिडियोमा रहेको छ । “सेवा गरा” गीतको भिडियोमा सरोज दाहाल र मिना बास्कोटाको अभिनय रहेको छ ।