इटहरीः आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री विष्णु पौडेलद्वारा सार्वजनिक गरिएको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको रहेको छ ।

कुल बजेटको ४१.२ प्रतिशत अर्थात् ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ चालु खर्च विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ कुल बजेटको २२.७ प्रतिशत अर्थात् तीन खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ । कुल बजेटको १२.६ प्रतिशत अर्थात् दुई खर्ब सात अर्ब ९७ करोड रुपैयाँ वित्तीय व्यवस्थापनको कार्यका लागि विनियोजित भएको छ । यसैगरी, कुल बजेटको २३.५ प्रतिशत अर्थात् तीन खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिनेछ । बजेटले सुनसरीको इटहरीमा प्रादेशिक रंगशाला निर्माणको लक्ष्य राखेको छ । यस्तै, सुनसरीकै अमडुवामा विशेष आर्थिक क्षेत्रका लागि अध्ययन गरिने योजना बजेटमा समावेस छ भने बर्जु ताललाई पर्यटन क्षेत्र विकासको लागि बजेट छुट्याइएको छ । धरान धनकुटा सडक निर्माणका साथै सेउती सुरुङ्ग निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ ।

इटहरीमा प्रादेशिक रंगशाला निर्माण हुने, बह्राक्षेत्र धार्मिक पर्यटन प्रवर्द्धन विकस गरिने, इनरुवा काकाडभिट्टा रेलवे निर्माण कार्य प्रारम्भ गरिने र धरान–इटहरी मेगासिटी निर्माणसम्मका योजना सुनसरीमा परेको छ । यसैगरी चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालनमा देखिएका अवरोध हटाइने भएको छ । बजेटमार्फत् सरकारी कर्मचारीको तलब दुई हजार रुपैयाँले बढाइएको छ भने महङ्गी भत्तालाई निरन्तरता दिइएको छ । –एक बिध्यालय एक स्वास्थ्यकर्मीको नीति बजेटले अवलम्बन गरेको छ । –बाल शिक्षकको मासिक तलब १५ हजार र स्वयंसेविकाको मासिक भत्ता १२ हजार कायम गरिएको छ । तेल, नुन र ग्यास २० प्रतिशत सस्तो मूल्यमा उपलब्ध गराइने भएको छ । कोभिड १९ विरुद्धको खोप सबै नागरिकका लागि निशुल्क उपलव्ध गराउने व्यवस्था सुनिश्चित गरिएको छ । यसका लागि २६ अर्ब ७५ करोड विनियोजन गरिएको छ । ४० वर्ष उमेर समूह माथिका महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षणको कार्यक्रमसमेत बजेटमा समेटिएको छ ।

रेल मार्गका लागि १० अर्ब तीन करोड बजेट छुट्याइएको छ । यसैगरी, राजमार्गको छेउ किनारको खाली ठाँउमा फलफुल तथा उत्पादनमुलक बोट तथा बिरूवाहरू रोपिने भएको छ । सार्वजनिक विद्यालय वा सा भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार रुपैयाँ सरकारले उपलब्ध गराउने भएको छ । ज्येष्ठ नागरिक भत्ता मासिक दुई हजारबाट बढाएर चार हजार पुर्याइएको छ । सबैखाले सामाजिक सुरक्षा भत्तामा ३३% ले वृद्धि गरिएको छ । अतिअशक्त अपांगता भएका व्यक्तिहरुले जम्मा दुई हजार एक सय २८ रुपैयाँ पाउने भएका छन् भने पूर्ण अपांगता भएकाले चार हजार रुपैयाँ पाउनेछन् । बालबालिकालाई रंगीन पाठ्यपुस्तक र छात्रालाई स्यानिटरी प्याड निःशुल्क वितरण गरिनेछ भने ५ कक्षा सम्मका बालबालिकाहरूका लागि दिवा खाजाको व्यवस्था सरकारले नै गर्नेछ । १० लाख रुपैयाँको सामूहिक दुर्घटना बिमा र एक लाखको स्वास्थ्य बिमाका साथै पर्यटन प्रवर्द्धनका लागि १० दिनको अतिरिक्त पारिश्रमिक दिने व्यवस्था बजेटमा गरिएको छ ।

file:///C:/Users/admin/Desktop/%E0%A4%AC%E0%A4%9C%E0%A5%87%E0%A4%9F%20%E0%A4%B5%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%20%202078.pdf