धरानः युवा नेता सन्तोष विकले शारीरिक अपाङ्ग भएकी वसन्ति भुजेललाई एक थान ह्विल चेयर सहयोग गरेका छन् ।
१० वर्षदेखि अपाङ्गताबाट ग्रसित धरान–११ को सुकुम्बासी बस्तिस्थित पृथ्वी चौकमा भाडामा बस्दै आएकी भुजेललाई व्यावसायी तथा युवा नेता सन्तोष विकले उनकै घर पुगेर ह्विल चेयर प्रदान गरेका हुन् । सन्तोष बिक व्यवसायी तथा नेपाली काङ्ग्रेसका सक्रिय युवा नेता हुन् । उनले भुजेललाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । भुजेलको बारेमा थाहा पाएकोले मानवीय हिसाबले सहयोग गरेको र आगामी दिनमा पनि परेको बेला सहयोग गर्ने युवा नेता विकले बताएका छन् । वसन्तिका श्रीमान गरराज भुजेलले ह्विल चेयर पाएर खुसी लागेको र दस वर्षदेखि कोठामै लडिराख्ने आफ्नी श्रीमतिलाई अब बाहिर पनि डुलाउन सक्ने भन्दै खुसी व्यक्त गरे ।
वसन्तिको करिब १० वर्षअघि एक्कासी देब्रे हात झट्कार्न थालेपछिदेखि बिमारी भएको र अहिले अपाङ्गता भएको बताए । १० वर्षअघिको घटना सम्झदै गरराज भुजेलले भने, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रीतष्ठानले डेढ लाखले उपचार हुने बताएपछि पैसाको अभावमा त्यसै घर फर्किएको थिएँ ।’ उनीहरुले ह्विल चेयर पाउनु ठूलो राहत भएको स्थानीयवासीले बताए ।