धरानः बन्दाबन्दीको बेला सुनसरीको धरानका बैकं तथा वित्तीय सँस्थाहरु हप्तामा तीन दिन दिउँसो २ बजेसम्म खोल्न उपमहानगरपालिकाले शनिबार सूचना जारी गरेको छ ।

सुनसरी जिल्ला प्रशासनले शुक्रवार निषेधाज्ञाको नयाँ आदेश जारी गर्दै जेठ २२ गते सम्म लकडाउन अवधि थप गरेको अवधिमा नयाँ व्यवस्था गरिएको छ । जिल्ला प्रशासनले सरकारी कार्यालय, बैकं तथा वित्तीय सँस्थाको अत्यावश्यक सेवा सञ्चालनको व्यवस्था मिलाउने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ ।

FB_IMG_1622282216349

 

प्राप्त अधिकार अनुसार उपमहानगरपालिकाको जारी सूचनामा नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी सम्पूर्ण प्रोटोकलहरु पूरा गर्दै धरानमा रहेका सम्पूर्ण बैंक तथा वित्तीय सँस्थाहरुले कम्तिमा हप्ताको तीन दिन दिउँसो २ बजेसम्म सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रवाह गर्ने व्यवस्था गर्न सूचना प्रकाशित गरेको छ । कोरोनाको जोखिम बढेको भन्दै अघिल्लो हप्ता उपमहानगरपालिकाले धरानमा बैंक तथा वित्तीय संस्थाहरुको सेवा बन्द गराएको थियो ।

IMG_20210529_160941