-गणेश खड्का
यो जगत्मा के के हुन्छन् बाँचे देखिन्छ
को को हाँस्छन् को को रुन्छन् बाँचे देखिन्छ

बाघहरु दुलो पसे मुसा दरबार छिरे
भ्यागुताले आकाश छुन्छन् बाँचे देखिन्छ

आफ्नो कर्म धर्म छोडी मान्छे बेइमान हुँदा
माहुरी पनि जालो बुन्छन् बाँचे देखिन्छ

कोही खाली पेट भर्न कोही महल जोड्न
किसिम तानाबाना तुन्छन् बाँचे देखिन्छ

अनेक देख्नु भोग्नुपर्ने पापी संसारमा
चोर छोडेर साधु थुन्छन् बाँचे देखिन्छ

आफू रैछु गोबर गणेश चण्डाल दुनियाँ
गाई बनाउन गधा धुन्छन् बाँचे देखिन्छ ।।।