इटहरीः सुनसरीको इटहरीमा सञ्चालित सप्तकोसी एफएमका महाप्रबन्धक चन्द्रप्रसाद न्यौपानेको निधनप्रति नेपाल पत्रकार महासंघ तथा अन्य संघ सँस्थाले शोक व्यक्त गरेका छन् ।

महासंघको केन्द्रीय कार्यसमिति, एसोसियट प्रदेश समिति, प्रदेश १ कार्यसमिति र सुनसरी जिल्ला कार्यसमितिले शोक विज्ञप्ति जारी गर्दै न्यौपानेप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गरेको छ । यसैगरी, निजी क्षेत्रका रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल (बान) का साथै विभिन्न पार्टीनिकट पत्रकार संगठनहरुले पनि न्यौपानेको निधनमा शोक विज्ञप्ति जारी गरी श्रद्धाञ्जली अर्पण गरेका छन्् ।

नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियन, नेकपा एमालेको केपी शर्मा ओलीनिकट प्रेस चौतारी नेपाल र नेकपा एमालेकै माधवकुमार नेपालनिकट प्रेस चौतारी नेपालले विज्ञप्ति जारी गरी न्यौपानेको निधनप्रति शोक व्यक्त गरेको हो । कोरोना भाइरसबाट संक्रमित रहेका न्यौपाने गत वैशाख २८ गते उपचारार्थ मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल भर्ना भएकोमा आज बिहान ८ः२५ बजे भेन्टिलेटरमा उपचारका क्रममा उनको निधन भएको थियो । इटहरी ४ निवासी ५० वर्षीय न्यौपाने, ब्रोडकास्टिङ एसोसियसन नेपाल (बान) का केन्द्रीय अध्यक्ष, नेपाल विज्ञान संघका सदस्यका साथै नेकपा एमालेको जिल्ला सदस्यका रुपमा समेत सक्रिय थिए । न्यौपानेका एक छोरा एक छोरी र श्रीमति छन् ।

fnjban. fnjcen. fnjunion. fnjap. fnjpc. fnjchamadh.