इटहरीः कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा यथावत रहने भएको छ ।

गत वैशाख २९ गतेदेखि जारी निषेधाज्ञा जेठ २२ गते मध्यराति १२ः०० बजेसम्म यथावत रहने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का संयोजक उमेशप्रसाद ढकालले जानकारी दिए । निषेधाज्ञा अवधिमा अत्यावश्यकबाहेक अन्य कुनै पनि सवारी साधन सञ्चालन गर्न पाइने छैन । यसैगरी, औषधि पसलबाहेक अन्य कुनैपनि पसल तथा व्यवसाय सञ्चालन गर्न पाइने छैन ।

कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र मन्त्रिपरिषद्को निर्णयका आधारमा जारी निषेधाज्ञाको उल्लङ्घन गर्ने व्यक्ति, समूह तथा सँस्थालाई कानून बमोजिम कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले प्रष्ट पारेको छ ।

sunsari cdo order1

sunsari cdo order2

sunsari cdo order3