इटहरीः मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित शान्ति चौकमा भएको हिजो साँझ भको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा को ३२ प ३७६९ नम्बरको मोटरसाइकलका चालक कानेपोखरी गाउँपालिका–२ केरौनका ३२ बर्षीय दीलिप चौधरी रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार हिजो साँझ ६ बजे दक्षिणबाट उत्तरतर्फ आउने क्रममा चौधरीलाई उत्तरबाट दक्षिणतर्फ गइरहेको को २ त ९८५८ नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी घाइते भएका चौधरीलाई उपचारार्थ विराटनगरस्थित कोसी अस्पताल लगिएकोमा उपचारका क्रममा उनको हिजै राति ७ः४५ बजे मृत्यु भएको प्रवक्ता तिम्सिनाले जानकारी दिए । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।