धरानः सुनसरीको धरान–१५ स्थित अस्थायी प्रहरी चौकीका मा दुई युवा आफ्नो ज्यान जोगाउन भागेर आएको बेला अन्य युवाले आक्रमण गर्दा चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल घाइते भएका छन् ।
धरान १५ को अस्थायी प्रहरी चौकीमा हतियारसहित आएको युवाको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणबाट घाइते भएका इन्चार्ज दाहाललाई खुकुरी प्रहार गरिएको प्रहरीले बताएको छ । आक्रमण के कति कारणले भएको भने खुलको छैन । घाइते दाहालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय धरानका प्रहरी नायब निरीक्षक भेषराज राउतले जानकारी दिए ।
भागेर आएका दुई युवा इलाका प्रहरी कार्यलयमा छन् भने दोषीको पहिचान भएको हुँदा खोजी कार्य तिव्र पारिएको र घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।