इटहरीः प्रदेश १ मा बुधबार आठ सय ९८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
दुई हजार दुई २२ जनाको पिसिआर परीक्षण गर्दा तीन सय ८८ महिला र पाँच सय १० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५४ हजार ६३ पुगेको छ । जसमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ३७ पुगेको छ । मन्त्रालयका अनुसार सुनसरीमा दुई सय ८०,मोरङमा तीन सय २२, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, सङ्खुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा सात, उदयपुरमा ६, तेह्रथुम र इलाममा दुई, ताप्लेजुङमा एक र प्रदेश १ बाहिरका ३५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको इनरुवामा एक सय पाँच, इटहरीमा ७१, देवानगञ्जमा ४०, धरानमा ३१, दुहबीमा १०, रामधुनीमा ८, बराहक्षेत्र र गढीमा ४–४, भोक्राहानरसिह र स्थानीय तह नखुलेका २–२, हरिनगर, बर्जू , कोशी गाउँपालिकामा १–१ जना संक्रमित फेला परेका छन् । यस्तै आज तीन सय ५३ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै प्रदेशमा सङ्क्रममुक्त हुनेको सङ्ख्या ३३ हजार दुई सय १२ पुगेको छ ।