इटहरीः कोरोना भाइरसको संक्रमण तिव्र भएको भन्दै ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाको २ नम्बर वडा सिल गरिएको छ ।

स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय अनुसार आज मध्यराति १२ः०० बजेदेखि जेठ २१ गते मध्यराति १२ः०० बजेसम्मका लागि चार किल्ला छुट्याई वडा सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार पूर्वमा खहरे खोल्सा, पश्चिममा चतुरे डाँडा, उत्तरमा थाप्ले डाँडा र दक्षिणमा हाम्फाबुङ स्कुल उत्तरको क्षेत्रमा पूर्ण रुपमा आवतजावतमा प्रतिबन्ध लगाई सिल गरिएको हो । वडाको सेरम्फु क्षेत्रमा आज गरिएको एन्टिजेन परीक्षणबाट बढी संक्रमित भेटिएकाले सतर्कताका लागि सिल गरिएको उनको भनाइ छ ।

py.