इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।

केही दिनअघि प्राविधिक समस्याका उत्पन्न भई उपकरण बिग्रँदा अक्सिजन उत्पादन ठप्प भएको थियो । अक्सिजन उत्पादनमा समस्या रहेको भन्दै प्रतिष्ठानले गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि अक्सिजनको व्यवस्था आफैँले गर्नुपर्ने आशयको सूचना जारी गरेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहसँग प्रष्टिकरणसमेत लिएका थिए ।

यद्यपि, प्रतिष्ठानले भने मिडियाले भ्रामक समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै अक्जिनको व्यवस्था आफैँ गर्न नलगाइको दाबी गरेको थियो । आजबाट अक्जिन प्लान्ट सञ्चालनमा आई निर्वाध रुपमा अक्सिजन उत्पादन भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोख्रेलले जानकारी दिए ।

Notice - 2078.02.11 (2) (1)