इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका २ घर भएका ६५ वर्षीय ज्येष्ठ नागरिक पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार जेठ ६ गते गरिएको पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएका पुरुष जेठ ९ गते उपचारार्थ प्रतिष्ठानमा भर्ना भएकोमा उनको उपचारका क्रममा हिजो साँझ ५ः१० ज्यान गएको हो । मृतक पुरुषमा लामो समयदेखि ‘हाइपरटेन्सन’ नामक मानसिक समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।