इटहरीः जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा जारी निषेधाज्ञाको अवधि एक साता थप गरेको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञा भोलि समाप्त हुन लागेको तर जिल्लामा नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको भन्दै निषेधाज्ञा अवधि बढाइएको हो । जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को आजको बैठकले भोलिदेखि लग् हुनेगरी जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा यथावत राख्ने निर्णय गरेको डीसीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा उल्लङ्घन गर्ने जोकोहीलाई कानून बमोजिम कारबाही गरिने छ ।

nisedh1 nisedh2