-मीनप्रसाद सुवेदी

ठूला हुन् या साना,
गाउँका हुन् या शहरका,
स्थानीय हुन् या केन्द्रीय,
अनि,
सङ्घीय हुन् या प्रदेश ।

तानातानले एक आपसको,
भाँडभैलो आफ्नै भित्रको,
अनि,
लोभ र लालच आफैँ भित्रको ।

व्यापार गर्न आएको त्यो विदेशीले झैँ,
नाफा मात्र हेर्यौ र गर्यौ व्यापार आफ्नैसङ्ग ।
अभावको, तनावको, अशान्तिको,
अनि,
अन्योलताको ।

त्यसैले त ।

(अ) प्रीय सरकार !
तिम्रो चुनावमा कोही जितेर आए भने,
निकाल्नु विजय उत्सव ।
परिक्रमा गर्नु शहर अनि गाउँका गल्लीहरु,
फूल माला अनि अबिर जात्रासहित ।
त्यही कुनै गल्लीमा ,
कुनै घरको मुल खाँबो ढलेको देख्यौ भने तिमीले,
जानू त्यही उल्लासका साथ त्यो लासको मलामी।

किनकि ,
तिमीमा दया ,माया, लाज अनि नैतिकता मरिसक्यो !!!???
(अ) प्रीय सरकार ।

३ सरकार र्प्रीय लाग्ने र(अ)प्रीय लाग्ने सबैका लागि समर्पित ।