इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा मोरङको सुन्दरहरैैँचा नगरपालिका १० घर भएका ७२ वर्षीय ज्येष्ठ नागरिक पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार जेठ ४ गते कोेरोना संक्रमण् पुष्टि भई सोही दिन उपचारार्थ पतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएका पुरुषको आइसोलेसनमा उपचार भइरहेकोमा उपचारका क्रममा उनको आज बिहान ३ः५० बजे ज्यान गएको हो । मृतक पुरुषमा लामो समयदेखि मधुमेह र ‘हाइपरटेन्सन’ नामक मानसिक समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।