इटहरीः आइतबार दिउँसो सुनसरीको इटहरीस्थित कलंकी चौक छेउमा एउटा मोटरसाइकल सामान्य दुर्घटना भयो ।
निषेधाज्ञाको लागु भएकाले थोरै संख्यामा सवारी आवतजावत गर्ने गरेको इटहरीमा मोटरसाइकल दुर्घटना हुनेबित्तिकै स्थानीय आएका थिए । स्थानीयले उठाउन खोज्दा मोटरसाइकलमा सवार व्यक्तिहरुले अश्लिल शब्द प्रयोग गरेको स्थानीयको भनाइ छ । दुर्घटनामा परेको मोटरसाइकल ग्रामीण उद्यम तथा विप्रेषण आयोजना प्रदेश १ कार्यालयको हो । प्र ०२–००१ ब २५७१ नम्बरको सो मोटरसाइकलमा कार्यालयका चालक सुवास सुवेदी र कम्प्यूटर अपरेटर अम्बिकाप्रसाद ढकाल सवार भएको पुष्टि भएको छ ।
उनीहरु मादक पदार्थ सेवान गरेर दुर्घटनामा परेको श्रोतको भनाइ छ । मादकपदार्थ सेवान गरेर र्दुघटनामा परेका उनीहरुलाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले नियन्त्रणमा समेत लिएको छ । उनीहरु मादक पदार्थको नशाका कारण दुर्घटनामा परेको स्थानीय र श्रोतको भनाइ छ ।