कृष्णमान चौधरी
उदयपुरः उदयपुरको बेलका नगरपालिका वडा नम्बर २, करहिया गाउँमा अवस्थित श्री न्यू हिरोज स्पोर्टिङ्ग युथ क्लब तथा थारु समाज करहियाको संयुक्त आर्थिक सहयोगबाट करहिया गाउँमा जनचेतना अभियान तथा प्रत्येक घरमा परिवारमा भएका सदस्यको् संख्याका आधारमा माक्स र १ पिस सेनिटाइजर वितरण गरिएको छ ।
यसअघि पहिलो चरणको कार्यक्रममा गाउँका सबै घरमा गएर माक्स सो सँस्थाले मास्क वितरण गरेको थियो । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको दोस्रो लहरबाट उत्पन्न विषम परिस्थितिमा आफ्नो गाउँ समाजको हितका लागि आफूहरु लागिपरेको स्थानीय थारु समाज करहियाका अध्यक्ष अनिलकुमार विश्वास चौधरीले बताए । हाल थारु समाज करहियाले आफ्नो गाउको उत्थानका लागि यस्ता खालका कार्यक्रम गर्दै आएको सँस्थाका सचिव सुनिल थरुवा चौधरीले जानकारी दिए ।