इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ४ का २४ वर्षीय युवकको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
जेठ १ गते कोराना संक्रमण पुष्टि भई २ गते उपचारार्थ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना भएका युवकको आइसोलेसनमा उपचार भइरहेकोमा उपचारका क्रममा हिजो राति ९ः१० बजे ज्यान गएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले जानकारी दिए । मृतक युवकमा कुनै दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ ।