इटहरीः प्रदेश १ मा आज ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज झापामा २७४, मोरङमा २४३, सङ्खुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २–२, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३१ जना सङ्क्रमित थपिएका हुन् । सुनसरीको धरानमा ८०, इटहरीमा ३५, इनरुवामा १०, दुहवीमा ६, देवानगञ्ज र बराहक्षेत्रमा ५–५, बर्जुमा ४, रामधुनी, हरिनगर, भोक्राहानरसिंह, गढी र स्थानीय तह नखुलेका ३–३ जनामा सङ्क्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा एक सय ६४, बेलबारीमा २२, केराबारीमा १५, पथरीशनिश्चरेमा १२, बुढीगंगामा १०, उर्लाबारीमा ५, जहदामा ४, ग्रामथान, धनपालथान र सुन्दरहरैचामा २–२, रंगेली, सुनबर्षी, मिक्लाजुङ, कानेपोखरी, कटहरी र स्थानीय तह नखुलेका १–१ जना थपिएका छन् ।
झापाको दमकमा ८५, विर्तामोडमा ३७, बुद्धशान्तिमा ३२, कनकाईमा २९, भद्रपुरमा २५, अर्जुनधारामा २३, मेचीनगरमा १२, कमल गाउँपालिकामा ९, गौरादहमा ६, शिवसताक्षीमा ५, गौरीगञ्जमा ४, बा¥हदशीमा ३, हल्दिबारी र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संखुवासभाको खाँदबारीमा ३१, चैनपुरमा १९, सभापोखरीमा ३, सिलिचोङमा २ र धर्मदेवीमा १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ४६ र स्थानीय तह नखुलेका १, इलामको फाकफोकथुममा १५, इलाम नगरपालिकामा १३, रोङ र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १३, पाख्रिवासमा ३, छथर र महालक्ष्मीमा १–१, सोलुखुम्वुको सोलुदुधकुण्डमा १०, महाकुलुङ र थुलुङ दुधकोशीमा २–२, माप्य दुधकोशी र खम्वु पासाङल्हामुमा १–१, उदयपुरको त्रियुगामा ४, बेलका र स्थानीय तह नखुलेका १–१, ओखलढुङ्गाको चिशंखुगढी र भोजपुरको षडानन्दमा २–२, पाँचथरको फिदिम र ते¥हथुमको आठराईमा १–१ र प्रदेश १ बाहिरका ३१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा आज दुई सय ५७ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४ सय ५६ पुगेको छ ।