इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित ज्येष्ठ नागरिक पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा धरान १५ घर भएका ८२ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले बताए । उनका अनुसार जेठ ४ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएका पुरुषको आइसोलेसनमा उपचार भइरहेकोमा उपचारका क्रममा आज बिहान ११ः३० बजे उनको ज्यान गएको हो । मृतक पुरुषमा ‘हाइपरटेन्सन’ नामक दीर्घकालीन मानसिक समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।