इटहरीः मोरङको विराटनगर महानगरपालिका १, बखरीस्थित मंगलबारे टोलबाट प्रहरीले मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ तथा भाँडावर्तनसहित घरेलु मदिरा बरामद गरेको छ ।

आज बिहान वडा प्रहरी कार्यालय (क) बाट खटिएको प्रहरी टोलीले सो स्थानबाट एक सय लिटर घरेलु मदिरा, एक सय लिटर कच्चा पदार्थ तथा आठ ओटा भाँडावर्तन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए । उनका अनुसार बरामद गरिएका मदिरा तथा कच्चा पदार्थ आन्तरिक राजश्व कार्यालयका प्रतिनिधि तथा विराटनगर १ नम्बर वडा कार्यालयका जनप्रतिनिधिको रोहबरमा प्रहरीले नष्ट गरेको छ ।