इटहरीः झापाको मेचिनगर नगरपालिका ६ बद्री टोलबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय सुमन दनुवार र दमक ५ की २१ वर्षीया समिता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार शुक्रबार दिउँसो १ बजे लागूऔषध ब्राउनसुगर खरिद बिक्री भइरहेको भन्ने गोप्य सूचानाका आधरमा सीमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पाँच ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तद्वयलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाको हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि जिल्ला अदालत झापाको आदेश अनुसार अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।