धरानः प्रेस चौतारी नेपाल सुनसरीले स्वास्थ्य सुरक्षाका सामग्री पत्रकार महासंघ सुनसरीलाई हस्तान्तरण गरेको छ ।

धरान १३ महासंघको कार्यालयमै प्रेस चौतारी नेपालले ५ हजार थान मास्क, साढे ४ लिटर स्यानिटाइजर र १३ थान ह्यान्डवास हस्तान्तरण गरेको हो । प्रेस चौतारीका केन्द्रीय सदस्य देवेन्द्र कार्की, जिल्ला संयोजक प्रेम बाँस्तोला, सहसंयोजक योगेश बाबु काफ्ले, सचिव विकास चाम्लिङ राई लगायतको टिमले विभिन्न श्रोतबाट संकलन गरी सुनसरीका पत्रकारहरुका लागि भनेर स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो । अग्रपङितमा खटिएका पत्रकारहरुलाई आफैँ वितरण गर्न सक्ने भए पनि सबै पत्रकारको साझा संगठन पत्रकार महासंघ भएकोले एकद्वार प्रणालीबाट वितरण गर्ने उद्देश्यले यो अभियान थालिएको प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासंघ १ न प्रदेश सचिव देवेन्द्र कार्कीले बताए । साथै उनले आवश्यकता अनुसार सबै पत्रकारहरुको आर्थिक अवस्था बुझी के कस्तो पहल गर्न सकिन्छ र उपचारमा के व्यवस्थापन गर्न सकिन्छ भन्ने बुझी समन्वय गर्ने बताए ।

FB_IMG_1621671290132

सरकारले राहत वितरण कार्यक्रम सञ्चालन नगर्न भनिरहेको हँुदा कुनै पत्रकारहरुलाई आर्थिक समस्या परेको खण्डमा पनि प्रेस चौतारी नेपाल सुनसरीले भविष्यमा हातेमालो गर्ने सचिव विकास चाम्लिङ राईले बताए । एकद्वार प्रणालीबाट वितरण गर्ने जिम्मेवारी दिएकोमा प्रेस चौतारी नेपालका सम्पूर्ण टिमलाइ पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राइले धन्यवाद दिए । उनले जिल्लामा कोरोना सङक्रमणको जोखिम बढेकाले पत्रकारहरुलाई नगई नहुने अवस्थाबाहेक घर बाहिर ननिस्कनसमेत आग्रह गरे । परिस्थितिको संवेदनशीलता अनुसार घरमै बसेर रिपोर्टङ गर्ने तथा काम गर्ने वातवरण तयार गर्न सम्बन्धित सञ्चारगृहहरुलाई अनुरोध गर्दै कोरोना संक्रमित पत्रकारहरुको लागि आवश्यक कदम चाल्ने तयारी भइरहेको समेत अध्यक्ष राइले बताए ।

IMG20210522114520

सुनसरीमा हालसम्म १३ जना पत्रकार कोरोना सङक्रमित भएको नेपाल पत्रकार महासंघ सुनसरीले जनाएको छ । १ जनाको गम्भीर अवस्थामा काठमाडौँमा उपचार भइरहेको छ । ११ जना होम आइसोलेसनमा रहेको र एक जना भरखरै मात्र कोरोनालाई जितेर सामान्य अवस्थामा रहेको महासंघले जनाएको छ ।

IMG20210522114304