इटहरीः झापाको मेचिनगर नगरपालिका ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण निधन भएको छ ।
कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि गत वैशाख २८ गते उपचारार्थ बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल भर्ना भएका वडाध्यक्ष मेचेको आज मध्यान्न १२ः०० बजे उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । वडाध्यक्ष मेचेको उपचारमा संलग्न डा.शरद भट्टराईले वडाध्यक्षलाई आईसीयू, एचडीयू हुँदै भेन्टिलेटरमा राखेर उपचार गरेपनि बचाउन नसकिएको बताए । उनका अनुसार वडाध्यक्ष मेचेलाई चार दिनअघि भेन्टिलेटरमा राखी उपचार सुरु गरिएको थियो ।