इटहरीः राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधिसभा दोस्रो पटक भंग गरेकी छन् । भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा हिजो अबेर राति १ः४९ बजे प्रतिनिधिसभा भंग गरेकी हुन् ।

प्रतिनिधिसभा भंग गर्नुका साथै उनले आगामी कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचनको मितिसमेत घोषणा गरेकी छन् । मन्त्रिपरिषद् बैठकले नेपालको संधिान २०७२ को धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधिसभा भंग गर्न सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले सिफारिस अनुरुप प्रतिनिधिसभा भंग गरेकी हुन् । संविधानको धारा ७६ (७) मा उपधारा ५ बमोजिम ‘प्रधानमन्त्री नियुक्त हुन नसके प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनेगरी निर्वाचनको मिति तोक्ने’ व्यवस्था छ । संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि बहुमत सिद्ध गर्न जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिइएकोमा सो समयभित्र स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका सबै एक सय २१ र जनता समाजवादी पार्टी (जसपा) का ३२ सहित एक सय ५३ मत आफूसँग रहेको भन्दै प्रधानमन्त्री नियुक्तिका लागि आफ्नो दाबी पेस गरेका थिए ।

chunav ghosana vigyapti.

उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफूसँग कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेकपा एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव र बाबुराम भट्टराई समूहका १२ र जनमोर्चाका १ गरी १४९ जना सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्री नियुक्तिका लागि आफ्नो दाबी पेस गरेका थिए । राष्ट्रपति कार्यालयले भने दुवै दाबीकर्ताहरुले एउटै सांसदलाई आ आफ्ना पक्षमा रहेको दाबी गरेको, सांसदहरुका पार्टीले आफ्ना सांसदलाई पार्टीले संसद सदस्य रहन नपाउनेगरी कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालयमा गराएकोजस्ता कारणले दुईमध्ये कुनैपनि दाबीकर्ताका पक्षमा बहुमत नदेखिएको भन्दै धारा ७६ (५) अनुसार सरकार गठन हुन नसक्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते आफूलाई घेराबन्दीमा पारिएको भन्दै प्रतिनिधिसभा भंग गर्न सिफारिस गरेपछि सोही बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन प्रतिनिधिसभा विघटन गरेकोमा सो निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट परेपछि अदालते फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको थियो । पुनःस्थापित प्रतिनिधिसभा भंग गरी आफूलाई सही साबित गर्ने प्रधानमन्त्री ओलीको चाहना बमोजिम दोस्रो पटक संसद विघटन भएको हो ।

davi aswikar vigyapti1

davi aswikar vigyapti2

davi aswikar vigyapti3