इटहरीः प्रदेश १ मा आज थप एक हजार ३९ जना कोरोना सङ्क्रमितको पहिचान भएको छ ।

सुनसरीमा एक सय ७८, मोरङमा तीन सय ३०, झापामा दुई सय ४२, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, तेह्रथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जना सङ्क्रमित थपिएका हुन् । सुनसरीको धरानमा ६३, इटहरीमा ३७, देवानगञ्जमा २३, इनरुवामा १९, दुहवीमा १०, रामधुनीमा ७, बराहक्षेत्रमा ४, गढी र बर्जुमा ३–३, हरिनगर र कोशी गाउँपालिकामा २–२ र स्थानीय तह नखुलेका ५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८२ महिला र ७१ पुरुषसहित एक सय ५३, रंगेलीमा ४२, सुन्दरहरैचामा ३७, रतुवामाईमा २२, उर्लाबारीमा १९, बेलबारीमा ११, पथरीशनिश्चरे र कानेपोखरीमा १०–१०, बुढीगङ्गामा ७, ग्रामथान र कटहरीमा ४–४, जहदामा ३, मिक्लाजुङ र सुनबर्षीमा २–२, धनपालथान, केराबारी, लेटाङ र स्थानीय तह नखुलेका १–१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

झापाको विर्तामोडमा ४४, भद्रपुरमा ४३, दमकमा ३४, अर्जुनधारा र मेचीनगरमा २५–२५, कनकाईमा १८, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १०–१०, बुद्धशान्तिमा ९, हल्दिबारीमा ७, शिवसताक्षी र कचनकवलमा ५–५, बाह्रदशीमा ३, गौरादह र झापा गाउँपालिकामा २–२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । इलामको इलाम नगरपाकिलामा २१, मोइजोगमाईमा १५, रोङमा १३, सुर्योदयमा १० र स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४३, पाथीभरा याङवरकमा ७, स्थानीय तह नखुलेका १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ३२, पाँचथरको फिदिममा २४, हिलिहाङ र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङमा २५, आठराईमा २, धनकुटाको धनकुटा नगरपालिकामा ९, शहिदभूमी, पाख्रीवास, छथर र स्थानीय तह नखुलेका १–१, संखुवासभाको चैनपुरमा ७ र खाँदबारीमा २, उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिका, साल्पासिलिछो र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ६१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ८ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।