इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका–३ का ४० वर्षीय बिष्णु ऋषिदेवको हत्यामा संग्लग्न रहेको आरोपमा स्थानीय २३ बर्षीय पूजन राई पक्राउ परेका छन् ।

आज बिहान ६ बजे घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा सुतेकै स्थानमा मृत रहेको भन्ने जानकारी पाएसँगै जिल्ला प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय बलेबारीबाट खटिएको प्रहरी टोलीले उक्त हत्याको घटनामा राईको संग्लग्नता रहेको पाएसँगै उनलाई पक्राउ गरेको हो ।

bamfok.

 

पक्राउ परेका राईले धारिलो हतियार बामफोकले घाँटीमा प्रहार गरी ऋषिदेवको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।