इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने अवधि बढाएको छ ।
एक साताका लागि बैंक तथा वित्तीय संस्था बन्द गरेको उपमहानगरपालिकाले संक्रमण नियन्त्रणमा नआएको भन्दै आगामी जेठ १४ गतेसम्म बैंक तथा वित्तीय संस्था बन्द रहने निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले बताए ।
अत्यावश्यक काम सम्पादनका लागि सम्बन्धित बैंकसँग सम्पर्क गर्न उपमहानगरपालिकाले सुझाव दिएको छ ।