इटहरी: कोरोनाले विश्वलाई नै आक्रान्त बनाएको यो समयमा अनिवार्य आश्यकतामध्ये एक हो अक्सिजन ।
बजारमा अक्सिजन सिलिन्डर विभिन्न आकारमा प्राप्त हुने गरेका छन् । विशेषतः बजारमा पाइने अक्सिजन सिलिन्डर मूल्य र क्षमताका आधारमा साना वा ठूला हुन्छन् । प्रायः बजारमा पाइने अक्सिजन फलामले बनेको सिलिन्डरमा भरेर राखिएको हुन्छ । अक्सिजन अनिवार्य आवश्यकता भए पनि अहिले बजारमा यसको अभाव र हाहाकार मच्चिएको छ । अक्सिजन उत्पादक सिलिन्डरको अभाव भएको बताउँछन् त अस्पताल सञ्चालक अक्सिजनकै अभाव भएको सुनाउँछन् । यही अभावलाई कम गर्न एसजी ग्रुपका सञ्चालक इटहरी निवासी सुगम घिमिरेले सजिल्यै प्रयाग गर्न सकिने ‘पोर्टेबल अक्सिजन ब्याग’ बजारमा ल्याएको जानकारी दिएका छन् ।
एसजी गुपले चीनबाट अक्सिमिटर, अक्सिजन ब्याग, अक्सिजन मास्क तथा अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर ल्याइसकेको छ । ल्याइएका सामग्रीहरूमध्ये अक्सिजन ब्याग नेपालका लागि नयाँ भएको एस जी ग्रुपका सञ्चालक घिमिरेले बताए । यो अक्सिजन ब्याग अक्सिजन बोकेर हिँड्न मिल्ने खालको हुनेछ । ब्यागमा अक्सिजन हुने भएकाले त्यही ब्यागमार्फत मोटरसाइकल, साइकल तथा हिँड्दा सडकमा समेत प्रयोग गर्न मिल्ने खालको उपकरण भएको उनले बताए । यातायातको पहुँच नपुगेका क्षेत्रमा तत्काल अस्पताल पु¥याउनुपर्ने संक्रमितका लागि यो ब्यागको प्रयोग गर्न सकिने उनले बताए । अन्य मुलुकमा यस्तो ब्याग आपत्कालीन उपचारका लागि प्रभावकारी सावित हुँदै आएको उनको भनाइ छ ।
के के विशेषता छ ?
१ प्रत्येक ब्यागको मूल्य आठ सय ७५ रुपैयाँ (मुल्य अभिवृद्धि कर सहित) ।
२ एक सिलिन्डर अक्सिजनले औषतमा १५ वटा ब्याग भर्न सकिने ।
३ पुनः प्रयोग गर्न सुरक्षित ।
४ बोक्न र ढुवानी गर्न सजिलो ।
५ सजिलै भर्न सकिने
६ एक पटकमा ०.६७ लिटर अक्सिजन भर्न सकिने ।
७ ५ मिनेट ३० सेकेण्डमा एउटा ब्याग भर्न सकिने ।
८ एउटा ब्यागले ४५ मिनेटदेखि एक घण्टासम्म धान्ने ।
९ औषत ‘फ्लो रेसियो’ २ लि हुने ।
कसरी भर्ने÷प्रयोग गर्ने ?
१ यसलाई अक्सिजन सिलिन्डर वा कन्सन्ट्रेटरले भर्न सकिने छ । त्यसैले सबैभन्दा पहिला यी दुई कुराको जोहो गर्ने । र भर्न सुरु गर्ने । भर्ने समयमा निम्न कुरामा ध्यान दिने ।
·प्रवाह अनुपातः ५ लि.
· चाप: १५० पनारअmद्द वा सो भन्दा मूनि
· ५ मिनेट सम्म कुर्ने
२ ब्यागमा अक्सिजन भर्नको लागि निलो पाइपको प्रयोग गर्ने । ब्याग भरिसकेपछि रोलरको प्रयोग गरेर यसलाई बन्द गर्ने । त्यसपछि निलो पाइपको ठाउँमा ‘नसाल क्यानल’ को प्रयोग गर्ने ।
३ त्यसपछि अक्सिजन नाक वा मुखको माध्यमबाट ग्रहण गर्ने ।
४ ब्यागबाट प्राप्त अक्सिजनले ४५ मिनेटदेखि १ घण्टासम्म धान्नेछ ।
५ ब्यागलाई दबाब (प्रेसर) दिएर त्यसबाट छिटो गति अक्सिजन पनि प्राप्त गर्न सकिने छ ।
कसरी सुरक्षित गर्ने ?
१ ब्यागमा अक्सिजन भर्ने समयमा धारिलो वस्तु वा प्रज्वलनशील वस्तुभन्दा टाढा राख्ने ।
२ अक्सिजन भरिसकेपछि धेरै ‘प्रेसर’ नदिने ।
३ धारीलो वस्तु तथा बालबालिकाले नभेट्ने ठाउँमा भण्डारण गर्ने ।
ब्यागबाट प्राप्त हुने अक्सिजन अत्यावश्यक सेवाका लागि प्रयोग गर्न उत्तम हुने सञ्चालक घिमिरेले बताएका छन् । बिरामीको अवस्था नाजुक हुँदै गएमा ब्यागबाट प्रवाह हुने अक्सिजनले काम नगर्ने हुँदा तुरुन्तै डाक्टरलाई सम्पर्क गरेर बिरामीको अवस्थाबारे जानकारी गराउने वा अस्पताल लानुपर्ने उनको भनाइ छ ।