इटहरीः झापाको कमल गाउँपालिका ३ सानो केर्खास्थित पूर्वपश्चिम राजमार्गमा गएराति स्कर्पियोको ठक्करबाट एक जनाको घटनास्थलमै ज्यान गएको छ ।
मृत्यु हुनेमा झापाकै शिवसताक्षी नगरपालिका १, धरaमपुरका ६२ वर्षीय साने दर्जी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माले जानकारी दिए । उनका अनुसार हिजो राति करिब ९ः०० बजे पश्चिमबाट पूर्वतिर गइरहेको प्र ३–०१–००२४ च ४५३५ नम्बरको स्कर्पियोले दर्जीलाई ठक्कर दिएपछि उनको ज्यान गएको हो ।
घटनालगत्तै परिचालित प्रहरीले दुर्घटना गराउने स्कर्पियो र त्यसका चालक मकवानपुरको हेटाँैडा–२२ का २८ को विष्णु दाहाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।