इटहरीः पाँचथरको एक होटेलमा ग्यास लिक भएर आगलागी भएको छ ।
कुम्मायक गाउँपालिका–१ यासोक बजारमा सञ्चालित नमस्ते होटल तथा लजमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डम्बरबहादुर विशवकर्माका अनुसार बिहान ७ः०० बजे ग्यास लिक हुँदा होटलमा आगलागी भएको हो ।
आगलागीको क्षतिको विवरण प्राप्त हुन नसकेको प्रवक्ता विश्वकर्माको भनाइ छ । आगलागी नियन्त्रणका लागि प्रहरी र स्थानीयवासीको संयुक्त प्रयास जारी रहेको छ । आगलागीबाट लजमा रहेका लत्ताकपडा, फर्निचरजस्ता भौतिक सम्पत्ति नष्ट भएको सञ्चालक प्रकाश काफ्लेले बताए ।