इटहरीः प्रदेश १ मा आज ६ सय ७३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

आज एक हजार चार सय ११ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ८४ महिला र तीन सय ८९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज सुनसरीमा एक सय ६४, मोरङमा तीन सय ६, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, सङ्खुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा समान सात, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १९ जना संक्रमित फेला परेका छन् । सुनसरीको धरानमा ६३, इनरुवामा ४१, इटहरीमा ३०, दुहबीमा ८, बराहक्षेत्रमा ६, बर्जूमा ५, रामधुनीमा ३, देवानगञ्जमा २ र स्थानीय तह नखुलेका ६ जनामा संक्रमण देखिएको छ ।

यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४८ हजार पाँच सय ४१ पुगेको छ । सङ्क्रमित भएकामध्ये ३१ हजार सात सय ९२ सङ्क्रमणमुक्त भएका छन् । आज दुई सय १९ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार २१ पुगेको छ ।